फाइल तस्वीर


काठमाडौँ — प्रतिनिधिसभा अन्तर्गत रहेको कानुन, न्याय तथा मानवअधिकार समितिले सरकारसँग नेपाल र भारतबीच भएको सम्झौताको सम्पूर्ण विवरण मागेको छ । आज बुधवार बसेको उक्त समितिको बैठकले छलफलका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बोलाएर सम्झौताबारे प्रस्ट पार्न लगाउँदै सम्झौताको सम्पूर्ण विवरण मागेको हो ।

पुस १९ गते भारतका विदेश मन्त्री एस जयशंकरको नेपाल भ्रमणको नेपाल र भारतबीच द्विपक्षी सम्झौता भएका थिए । समितिको बैठकमा सांसदहरुले सम्झौताको सम्पूर्ण विवरण प्राप्त भएपछि मात्रै बैठक बन्ने भनेपछि समितिले सरकारलाई सात दिनभित्र उक्त सम्झौतापत्र उपलब्ध गराउन निर्देशन दिएको छ ।

समितिको बैठकले नेपाल सन्धि ऐन अनुसार नेपाल सरकार पक्ष भई विभिन्न वा ती मुलुकका सरकारी सङ्घ सङ्गठनसँग गरेका सम्झौता, त्यसको अवस्था, सम्झौताको मिति, अनुमोदन गरेका र गर्न बाँकी रहेका सम्झौताको विवरण उपलब्ध गराउन कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयलाई समेत निर्देशन दिएको छ ।