कञ्चनपुर — परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ बहुमुखी क्याम्पसको नवनिर्मित भवनको शुभारम्भ गर्नुहुँदै क्याम्पसको भौतिक पूर्वाधार विकासमा सहयोग गर्ने जानकारी दिनुभयो ।
सुदूरपश्चिम प्रदेशको आङ्गिक क्याम्पस बनाउनका लागि उपकुलपतिसँग आग्रह गरिएको उहाँले उल्लेख गर्नुभयो । झलारी क्षेत्रमै सशस्त्र प्रहरीको सुदूरपश्चिमस्तरीय विद्यालय स्थापना हुन लागेको मङ्गलबार यहाँ आयोजित कार्यक्रममा जानकारी गराउनुहँुदै उहाँले विद्यालय स्थापनाले शिक्षाको गुणस्तर बढाउनमा मद्दत पुग्ने बताउनुभयो । विश्वविद्यालय अनुदान आयोग र सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा नयाँ भवन निर्माण गरिएका हुन् ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष उद्धवराज भट्टले विद्यालयको भौतिक संरचना, शैक्षिक अवस्था, आर्थिक अवस्था र चुनौतीबारे कार्यक्रममा जानकारी गराउनुभएको थियो ।