फाइल तस्वीरः रास्वपा को सचिवालय बैठक ।


काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक सुरु भएको छ । सिंहदरबारस्थित दलको कार्यालयमा पार्टी सचिवालयको बैठक सुरु भएको हो ।

सचिवालय बैठकमा पार्टी लेबी र शुल्क सम्बन्धित, समसामयिक राजनीति र पार्टीका केही विभागका कार्यदलको म्याद थपका विषयमा छलफल हुने रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी गराउनुभयो ।

गत मंङसिर दोस्रो साता महोत्तरीको जलेश्वरमा बसेको बैठकबाट पार्टी लेबी र शुल्कका सन्दर्भमा एउटा कार्यदल बनाएको थियो । रास्वपाको सचिवालय १२ सदस्यीय रहेको छ । बैठकमा देशको वर्तमान समसामधिक विषयमा समेत छलफल हुने बताइएको छ ।