फाइल तस्वीरः प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल ।

काठमाडौँ — नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिनुभएको छ । प्राधिकरणमा विभिन्न विषयमा विवाद उत्पन्न भएपछि अध्यक्ष खनालले भोली बुधबारदेखि लागूहुने गरी आज मङ्गलबार सञ्चार मन्त्री रेखा शर्मा समक्ष राजीनामा बुझाउनुभएको हो ।

साढे चार वर्षदेखि प्राधिकरणको नेतृत्व गर्दै आउनुभएका अध्यक्ष खनाल २०७६ साल साउनमा प्रधिकरणको अध्यक्षमा नियुक्त हुनुभएको थियो । तत्कालीन प्रधानमन्त्री केपी ओली सरकारको पालामा प्राधिकरणको नेतृत्व सम्हाल्न पुग्नुभएका खनालले पाँच वर्षे कार्यकाल पूरा हुनुभन्दा करिव सात महिना अघि नै राजीनामा दिनुभएको छ ।

पछिल्लो समय टेरामक्स, एमडीएमएस, रेडियो नेपालको जग्गा खरिदबिक्री प्रक्रिया जस्ता विषयमा विवाद उत्पन्न भएपछि खनालले राजीनामा दिएको स्रोतको भनाइ छ ।अध्यक्ष खनालको समयावधी आगामी २०८१ साल साउन ५ गतेसम्म रहेको थियो ।