फाइल तस्वीर


काठमाडौँ — पूर्वाधार समितिको बैठकमा सांसदहरुले भारतसँग भएको दीर्घकालीन विद्युत् व्यापार सम्झौतापत्र माग गर्दै बैठक नबस्ने अडान लिनुभएको छ । नेपाल र भारतबीच भएको १० हजार मेगावाट विद्युत् ब्यापार सम्झौतापत्र प्राप्त नआएसम्म बैठक सुरु नहुने अडान राख्नुभएको हो ।

आज बसेको पूर्वाधार समितिको बैठकमा ऊर्जा मन्त्री शक्ति बस्नेत, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको समेत उपस्थिति रहेको थियो । बैठकमा सांसदहरुले भारतसँग भएको दीर्घकालीन विद्युत् ब्यापारसम्बन्धी सम्झौता पत्र प्राप्त भएपछि मात्रै बैठक सुरु हुनुपर्ने माग गर्नुभएको थियो ।

सांसदहरु सिके राउत, ठाकुर गैरे, प्रतिमा गौतम लगायतले सम्झौतापत्र नआएसम्म अन्य एजेन्डामा प्रवेश नगर्ने भनेपछि वैठक स्थगित भएको छ ।