फाइल तस्वीर


काठमाडौँ — सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) नेपालले पर्सी बुधबारका लागि केन्द्रीय राजनीतिक समितिको बैठक बोलाएको छ । ललितपुरस्थित ज्यापु प्रज्ञा भवनमा पुष २५ र २६ गते दुई दिनसम्म समितिको बैठक बस्न लागेको हो ।

पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार बैठक बिहान ११ बजेदेखि बस्नेछ । बैठकमा राजनीतिक एवं सङ्गठनात्मक प्रतिवेदनका साथै पार्टीको आगामी महाधिवेशनको बारेमा छलफल हुनेछ ।

साथै पार्टीका नेताहरुको सक्रियतामा भएका कार्यहरुको प्रगति विवरण सम्बन्धी प्रतिवेदन प्रस्तुत हुने नेता बस्नेतले बताउनुभयो । उहाँका अनुसार यही पुस २७ गते केन्द्रीय समितिको बैठक पनि आह्वान गरिएको छ ।