फाइल तस्वीरः ललितपुरको सानेपास्थित काङ्ग्रेस पार्टी कार्यालय ।


ललितपुर — नेपाली काङग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पौष २१ गते शनिबार दिउँसो १:०० बजे कार्यसम्पादन समितिको बैठक आह्वान गरेको हो ।

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा हस्ताक्षर गरिएको सूचना अनुसार पर्सी शनिबार बस्ने उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि आमत्रण गरिएको छ ।