तस्वीरमा नेपाल र भारतका परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक


काठमाडौँ — काठमाडौंमा जारी नेपाल र भारतका परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक सम्पन्न भएको छ । दरबारमार्गस्थित होटल याक एण्ड यतिमा संयुक्त आयोगको बैठक सम्पन्न भएको हो ।

नेपालका परराष्ट्रमन्त्री नारायणप्रसाद साउद र भारतीय विदेशमन्त्री डा. एस जयशङ्करको संयुक्त अध्यक्षतामा बसेको आयोगको बैठकमा दुई देशबीचको आर्थिक सम्बन्ध, कनेक्टिभिटी, व्यापार तथा पारवहन, उर्जा तथा जलस्रोत, शिक्षा तथा संस्कृति र राजनीतिकलगायतका विषयगत क्षेत्रहरु अन्तर्गत विभिन्न पक्षमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारतीय समकक्षीसँग भएको द्वि–पक्षीय भेटवार्तामा विभिन्न विषयगत क्षेत्रहरु अन्तर्गत नेपाल–भारत सम्बन्ध बारेमा पनि छलफल भएको मन्त्रालयले उल्लेख गरेको छ । आज बिहानमात्र नेपाल र भारतबीच बिलुजी किनबेचको सम्झौता भएको थियो । उक्त सम्झौतापत्रमा दुई देशका सचिवहरुले हस्ताक्षर गर्नुभएको थियो ।