फाइल तस्वीर


काठमाडौँ — न्यायपरिषद्ले उच्च अदालतमा रिक्त रहेको ४० सिटमध्ये ३९ सिटमा न्यायाधीश नियुक्त गरेको छ । परिषद्को आज बुधबार बसेको बैठकले उच्च अदालतको न्यायाधीशमा नियुक्त गरेको हो ।

उच्च अदालतको न्यायाधीशमा नियुक्त भएकाहरु मध्ये २६ जना जिल्ला न्यायाधीशबाट, नौ जना कानुन व्यवसायीबाट र चार जना न्याय सेवाका कर्मचारीहरुबाट नियुक्त गरिएको हो ।

यसैगरी आज बसेको सोही बैठकले उच्च अदालतका १६ जना न्यायाधीशहरुको समेत सरुवा गरेको छ ।