फाइल तस्वीरः रुस र युक्रेनबीचको लडाईं ।


काठमाडौँ — रोजगारीका लागि रुस पुगेर त्यहाँको सेनामा भर्ति भएकाहरु मध्ये थप तीन जना नेपालीहरुको मृत्यु भएको खवर प्राप्त भएको छ । परराष्ट्र मन्त्रालयले थप तीन जना नेपालीको मृत्यु भएको आज पुष्टि गरेको हो ।

मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले आज थप तीन नेपालीहरुको मृत्यु सूचना आफूहरुलाई प्राप्त भएको जानकारी गराउनुभएको छ । मारिएका नेपालीहरुको नाम र ठेगानाको विवरण अहिलेसम्म प्राप्त नभएको र उनीहरुको विवरण मागिएको बताउनुभयो ।

युक्रेन र रुसबीच दुई वर्षदेखि भएको लडाईका कारण रुसी सेनामा भर्ति भएका मध्ये अहिलेसम्म १० जना नेपालीले ज्यान गुमाइसकेका छन् ।