फाइल तस्वीरः स्वर्गीय त्रिपुरारी मिश्र ।


महोत्तरी — नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा त्रिपुरारी मिश्रको ५४ वर्षको उमेरमा निधन भएको छ । महोत्तरीको पिपरा गाउँपालिका–३ का बासिन्दा उहाँको सोमबार राति निधन भएको हो ।

लामो समयदेखि उच्च रक्तचाप र मधुमेहबाट पीडित मिश्र पञ्चायतकालदेखि नै प्रजातान्त्रिक आन्दोलनमा सक्रिय हुनुहुन्थ्यो । नेपाल विद्यार्थी सङ्घमा आबद्ध भएर मिश्रले प्रजातान्त्रिक आन्दोलनमा योगदान गर्नुभएको नेपाली काङग्रेस महोत्तरीका नेता बजरङ्ग नेपाली बताउनुहुन्छ ।

विसं २०४६ को जनआन्दोलनले प्रजातन्त्र पुनःस्थापना गरेपछि नेपाली काङग्रेसमा क्रियाशील हुनुभएका मिश्रको योगदान अनुकरणीय रहेको नेपाली काङ्ग्रेस महोत्तरीका सभापति नागेश्वर यादव र नेकपा एमालेका जिल्ला अध्यक्ष कालीचन्द्र साहले शोक वक्तव्य प्रकाशन गरेर बताउनुभएको छ । स्वर्गीय मिश्रका पत्नी, एक छोरा र एक छोरी छन् ।