फाइल तस्वीर: नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा ।


काठमाडौँ — नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राज्य सञ्चालनको लागि र जनतामा वितृष्णा नहुने साझा दृष्टिकोणका लागि सबै दलहरूबीच सहकार्य हुनुपर्ने बताउनुभएको छ । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा नेपाली काङ्ग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै काङ्ग्रेस महामन्त्री शर्माले सबै दलहरुबीच सहकार्य हुनुपर्ने बताउनुभएको हो ।

उक्त कार्यक्रममा काङ्ग्रेस महामन्त्री शमाले अझै पनि दलहरूको बीचमा सहकार्य जरुरी रहेको उल्लेख गर्दै ‘राजनीतिक कार्यभार पुरा भए पनि पनि संविधानलाई कार्यान्वयन गर्न, सङ्घीयतालाई बलियो बनाउन, सम्मुनतिको गति बढाउन र जनतामा देश प्रतिको आस्था र विश्वास बढाउन शान्ति प्रक्रिया र संविधान निर्माणमा सहकार्य गरेका दलहरू एक ठाउँमा उभिन जरुरी छ’ —भन्नुभयो ।

उहाँले नयाँ राजनीतिक दललाई पनि विश्वासमा ल्याएर मुलुकलाई नयाँ मनोबल दिन आवश्यक रहेको उल्लेख गर्दै सबै दलहरूबीच सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।