फाइल तस्वीरः राज्यव्यवस्था तथा सुशासन समितिको बसेको बैठक ।


काठमाडौँ — गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटनामा दोषी देखिएका जोसुकै भए पनि नछाडिने र कारवाही गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । राज्यव्यवस्था तथा सुशासन समितिको आज सोमबार बसेको बैठकमा सांसदहरूले उठाउनुभएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

सरकारले बालकुमारी घटना छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गरेको र त्यसले छानविनका क्रममा जो जो दोषी देखिन्छन् उनीहरू सबैलाई कारवाही गरिने बताउँदै उपप्रधानमन्त्री समेत रहनुभएका गृहमन्त्री श्रेष्ठले भन्नुभयो —‘सरकारले छानविन आयोग गठन गरिसकेको छ । छानविनको दायरामा जो जो दोषी देखिन्छन् उनीहरुलाई कानुनी दायरमा ल्याएर कारवाही हुन्छ ।’