फाइल तस्वीर

हेटौँडा — मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाअन्तर्गत पर्ने मातातीर्थ र फाखेल–फर्पिङ सडकखण्ड दुई महिना बन्द हुने भएको छ । सडकको स्तरोन्नति गर्नुपर्ने भएकाले आज सोमबारदेखि आगामी फागुन १५ गतेसम्म दुई महिनाका लागि सडक बन्द हुने भएको हो ।


कुलेखानी–हुमाने–फाखेल खण्ड र हुमाने–मातातीर्थ हुँदै काठमाडौँको टेकु जोड्ने सडक निर्माण र स्तरोन्नति गर्नुपर्ने भएकाले यातायात आवागमन बन्द गर्नु परेकोले वैकल्पिक सडकको व्यवस्था गरिएको छ ।


गाउँपालिकाका सूचना अधिकारी दीपक चापागाईँका अनुसार यातायातका साधनका लागि हेटौँडा भीमफेदी हुँदै कुलेखानीबाट इन्द्रसरोवरको सिस्नेरी–दक्षिणकाली तथा कुलेखानीको कलङ्की हुँदै मार्खु र चित्लाङको बाटो हुँदै काठमाडौँको थानकोट पुग्न सकिने भएको हो ।