फाइल तस्वीर


काठमाडौँ — ललितपुरको बालकुमारीमा आज भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका एक २३ वर्षीय युवकको मृत्यु भएको छ । जुम्ला जिल्ला घर भएका २३ वर्षीय सुजन राउतको उपचारका क्रममा निधन भएको हो ।

प्रहरीका गोली लागि अचेत भएका राउतलाई १२:४० बजे अस्पताल ल्याइपु¥याएकोमा उपचारकै क्रममामा चिकित्सकले उनलाई १ः१७ बजे मृत घोषणा गरेका थिए । किष्ट मिडिकल अस्पतालका प्रमुख अमिष पाठकका अनुसार राउतको छातीमा रातो–निलो डाम रहेको थियो ।

शुक्रबार रोजगार अनुमति प्रणाली (इपीएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले ललितपुरको बालकुमारीमा प्रदर्शन गर्द भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेका थिए । इपीएसको विषयलाई लिएर युवाहरुको जमात आक्रोशित बनेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोलि चलाउँदा दुई जना युवालाई गोली लागेको थियो ।