फाइल तस्वीर

काठमाडौं — प्रहरीले २४ हजार रुपयाँ बराबरको नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले गोकर्णेश्वर नगरपालिका–४, गोकर्ण हुनमान चोकबाट एक हजार दरको नोटसहित काँडाघारी बस्ने ४० वर्षीया सरिता तामाङलाई पक्राउ गरेको हो ।

नक्कली नोट कारोबार भइरहेको सूचनाको पाएको आधारमा प्रहरी टोलीले खानतलासी गर्दा सरितालाई पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । यस सम्बन्धमा थप अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।