फाइल तस्वीर
काठमाडौँ — सर्वोच्च अदालतमा रिक्त न्यायाधीश नियुक्ति गर्ने प्रक्रिया अनुरुप प्रस्तावित न्यायाधीशहरुसँग संसदीय सुनुवाई समितिले सुनुवाई गरिरहेको छ । आज सोमबार बसेको संसदीय सुनुवाई समितिको बैठकमा प्रस्तावित न्यायाधीश सुनिल पोखरेलसँग छलफल भएको छ ।

प्रस्तावित न्यायाधीश पोखरेलले समितिमा अदालतबाट जारी हुने अन्तरिम आदेश र अल्पकालीन आदेशले विकास निर्माणका काम रोकिन नहुने बताउनुहुँदै आफ्नो कार्ययोजना प्रस्तुत प्रस्तुत गर्नुभएको छ । प्रस्तावित न्यायाधीश पोखरेलले विकास निर्माण, आर्थिक विकास र नागरिकको सम्पत्तिको हक संरक्षणमा न्यायकर्ता सचेत हुनुपर्ने उल्लेख गर्नुहुँदै न्यायिक सक्रियता र न्यायिक आत्मसंयमताबीच सन्तुलन कायम गर्नुपर्ने धारणा राख्नुभएको छ ।

समितिले राखेको जिज्ञासाको जवाफ दिंदै प्रस्तावित न्यायाधीश पोखरेलले ‘व्यक्तिको सम्पत्तिमाथिको अधिकार कुण्ठित नहुने गरी विकास निर्माण र आर्थिक विकासका कार्यले निरन्तरता पाउने गरी सन्तुलित भूमिकाबाट न्याय सम्पादन हुनुपर्छ भन्ने मान्यता रहेको धारणा पेश गर्नुभएको थियो ।

न्यायपरिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेका व्यक्तिहरुको गत शुक्रबारदेखि सुनुवाइ भइरहेको छ । शुक्रबार प्रस्तावित न्यायाधीशद्वय सारङ्गा सुवेदी र अब्दुल अजिज मुसलमान, आइतबार महेश शर्मा पौडेल र टेकप्रसाद ढुङ्गाना र आजा सोबार पोखरेलको सुनुवाइ भइरहेको छ ।

प्रस्तावित छ जना न्यायाधीशहरुको नाम संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि उहाँहरु सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त हुनु हुनेछ ।