फाइल तस्वीर
बाँके — भारतबाट नेपाल भित्र्याउँदै गरेको अवैध सामान सशस्त्र प्रहरी बलको टोलीले बरामद गरेको छ । बाँकेमा भन्सार छलेर करिब ३२ लाख रुपैयाँ बराबरको अवैध सामान र प्रहरी बल, नेपाल नं ३० गण बागेश्वरीको टोलीले बरामद गरेको हो ।

गणका सूचना अधिकारी एवं सशस्त्र प्रहरी नायब उपरीक्षक महेन्द्र भारतीका अनुसार खजुरा गाउँपालिका–६ सिमलघारीमा जाँच गर्ने क्रममा भे १ च २३५७ नम्बरको ट्रकमा भारतबाट अवैधरुपमा नेपाल ल्याउँदै गरेको सामान बरामद गरेको हो ।

बरामद गरिएका सामानमा १४ लाख ७० हजार रुपैयाँ बराबरको लत्ताकपडा, एक लाख ४० हजार रुपैयाँ बराबरको पित्तलका मूर्ति, भाँडावर्तन, सजावटका सामग्री रहेको प्रहरीले जनाएको छ । सामान बोक्न प्रयोग गरिएको ट्रक रहेका छन् ।

अवैध सामान बोकेको ट्रक र सो ट्रकका चालकसहित दुईजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–५ का ५० वर्षीय कमल हलुवाई र चालक ३० वर्षीय भारतीय नागरिक साकिर हुसेन रहेका छन् । दुवैजनालाई आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयलाई बुझाइएको प्रहरीले जनाएको छ ।