फाइल तस्वीर
महेन्द्रनगर — सुदूरपश्चिम प्रदेशको कञ्चनपुरस्थित महेन्द्रनगरमा निषेध आज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज महेन्द्रनगरको महेन्द्रनगर स्मारकमा महेन्द्र राजाको सालिक पुनःस्थापना गर्ने कार्यक्रम राखेपछि त्यहाँ अप्रिय घटना हुनसक्ने आङ्कलन गरी जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महेन्द्रनगरमा निषेध आज्ञा जारी गरेको हो ।

प्रशासनले महेन्द्रनगरका मुख्य चोक दशरथ चोक, पुष्पलाल चोक, भानुपार्टी प्यालेस लगायत महेन्द्रनगर स्मारकसम्म पुग्ने सम्पूर्ण बाटोमा निषेध आज्ञा लगाएको छ । राप्रपाले महेन्द्रनगर स्मारकमा महेन्द्र राजाको सालिक पुनःस्थापना गर्न लागेको र काङ्ग्रेस, एमालेलगायतका राजनीतिक दलहरुले सालिक पुनःस्थापना गर्ने नदिने भएपछि सम्भावित मुटभेडको घटना हुन नदिन स्थानीय प्रशासनले निषेध आज्ञा जारी गरिएको स्थानीय प्रशासनले जनाएको छ । अहिले महेन्द्रनगर क्षेत्रमा ठुलो सङ्ख्यामा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएका छन् ।