फाइल तस्वीर


काठमाडौँ — संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले पदबाट दिनुभएको राजीनामा स्वीकृत भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले महासचिव गौतमको राजीनामा स्वीकृत गर्नुभएको हो ।

संसद् सचिवालयका महासचिव गौतमले यही मङ्सिर २४ गते आइतबारदेखि लागू हुनेगरी आफ्नो पदबाट राजीनामा दिनुभएको थियो । राष्ट्रपति पौडेलले सोही मितिदेखि नै लागू हुनेगरी चारदिन पछि आज बुधबारमात्रै गौतमको राजीनामा स्वीकृत गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।


संसद् सचिवालयको कार्यवाहक महासचिवको रुपमा सोही सचिवालयका सचिव पदमप्रसाद पाण्डेलाई जिम्मेवारी दिइएको छ । प्रतिनिधिसभाका सभामुख देवप्रसाद घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सचिव पाण्डेलाई मङ्सिर २५ गते सोमबार संसद् सचिवालयको महासचिवमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्नुभएको छ ।