फाइल तस्वीरः नेपाली काङग्रेस नेता डा. शेखर कोइराला ।


काठमाडौं — नेपाली काङग्रेसको संस्थापन इतर समूहका नेता डा. शेखर कोइरालाले देशलाई परिवर्तन गर्नुछ भने नेपाली काङ्ग्रेसलाई परिवर्तन गरेर अघि बढ्न जरुरी रहेको बताउनुभएको छ । आज शुक्रबार काठमाडौंमा आयोजित रिता शाहीद्वारा लिखित ‘गजल सङग्रह चिनारी’ को लोकर्पण कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

सोही कार्यक्रममा बोल्दै काङ्ग्रेस नेता कोइरालाले कम्युनिस्ट पार्टीहरूसँग गठबन्धन गर्नु काङ्ग्रेसकै अस्तित्व समाप्त हुने भन्नुहुँदै दावी गर्नुभएको छ । काङ्ग्रेसले गठबन्धन गर्दा लोकतान्त्रिक पार्टीहरुसँगै गठबन्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

‘कम्युनिस्ट पार्टीहरुसँग गठबन्धन गर्दै जाने हो भने अब काङ्ग्रेसको अस्तित्व नै समाप्त हुने जिकिर गर्दै गठबन्धन पनि निर्वाचन पछि गर्ने की अगाडि गर्ने भन्नेकुरामा सोच्नु पर्ने बेला आएको बताउनुभयो ।

‘यही निर्वाचन प्रणालीमा गठबन्धन गर्नैपर्छ । तर गठबन्धन प्रि इलेक्शन गठबन्धन की पोस्ट इलेक्शन गठबन्धन गर्ने ? यसतर्फ पार्टीले समयमै ध्यान दिनुपर्छ’ नेता कोइरालाले भन्नुभयो ।

हामी त डेमोक्रेटिक पार्टी हौं । हामी कस्तो पार्टीसँग गठबन्धन गर्दैछौँ ?’ भन्नुहुँदै नेता कोइरालाले अलिकति पनि डेमोक्रेटिक भएको पार्टी छ की छैन? त्यस्तो पार्टीहरुसँग गठबन्धन गर्दा हामी कहाँ पुग्ने हो? यो गम्भीर विषय रहेको बताउनुभयो ।