फाइल तस्वीर
काठमाडौँ — चिसो बढेसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आम नागरिकलाई आगो ताप्दा, हिटर र गिजरको प्रयोग गर्दा सावधानी अपनाउन सचेत गराएको छ ।

जाडोयाममा चिसो बढ्दै जाँदा न्यानोका लागि कोेठामा कोइला बालेर ताप्ते, हिटर बाल्ने गर्दा दुर्घटनाहरु हुनेभएकाले आम नागरिकलाई सावधानी रहन आग्रह गरेको हो ।

चिसो बढेपछि जाडो मौसममा कोइला र हिटर बारेल सुत्दा कयौं अप्रिय घटनाहरु घटिरहेको स्मरण गराउँदै स्वास्थ्य मन्त्रालयले हावा ओहोरदोहोर हुने ठाउँमा कोइला र हिटर बाल्न मन्त्रालयको आग्रह छ । कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नताप्न पनि मन्त्रालयले सुझाएको छ ।

आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामग्री नजिकै नराख्न र आगो तापिसकेपछि पूर्णरुपमा निभाउन मन्त्रालयले अनुरोध गरेको छ ।

मन्त्रालयले हिटरको प्रयोग गर्दा समय–समयमा चलिरहेको हिटरलाई बन्द गर्न र सुत्नुअघि अनिवार्य रुपमा हिटर निभाउन भनेको छ । साथै मन्त्रालयले गिजरको मुख्य मेसिनलाई बाथरुमबाहिर खुला ठाउँमा जडान गर्न आग्रह गरेको छ । गिजर खोलर लामो समयसम्म बाथरुममा नबस्न पनि मन्त्रालयको सुझाएको छ ।