तस्वीरमा विशेष अदालतका नवनियुक्त अध्यक्ष र सदस्यलाई शपथ खुवाउँदै प्रधानन्यायाधीय ।

काठमाडौँ — विशेष अदालतका नवनियुक्त अध्यक्ष टेकनारायण कुँवरसहित सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले विशेष अदालतका नवनियुक्त न्यायाधीशहरु पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

सर्वोच्च अदालतमा आज सोमबार आयोजित शपथ समारोहमा विशेष अदालतको अध्यक्षमा टेकनारायण कुँवर, सदस्यमा तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाले पद तथा गोपनीयताको शपथ खानेभएको छ । न्यायपरिषदको ५ मङ्सिरमा बसेको बैठकले उहाँहरुलाई विशेष अदालतको अध्यक्ष र सदस्यहरुमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।