फाइल तस्वीर: नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी ।


काठमाडौँ — नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न एमालेका निलम्बित सचिव पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित केही प्रतिवादीहरुलाई थुनामै राख्न जिल्ला अदालतको पूर्ववत फैसलालाई पाटन उच्च अदालत सदर गरेको छ । पूर्व उपप्रधानमन्त्री रायमाझीसहित केही प्रतिवादीहरुलाई थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेशलाई नै पाटन उच्च अदालतले सदर गरेको हो ।

काङ्ग्रेस केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणका सम्बन्धमा जिल्ला दालतलको फैसला सदर गर्ने विषयमा न्यायाधीशको राय बाझिएको छ । नक्कली शरणार्थी प्रकरणसम्बन्धी मुद्दाको सुनुवाइपछि न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले केही प्रतिवादीको हकमा जिल्ला अदालतको आदेश सदर गरिदिएको छ । उक्त अदालतले केही प्रतिवादीहरुलाई भने साधरण तारेखदेखि धरौटीमा छोड्न सक्ने आदेश दिएकोे छ ।