फाइल तस्वीर


काठमाडौँ — राष्ट्रिय गौरवको आयोजना मानिएको मेलम्ची खानेपानी आयोजना पुर्ण रुपमा सञ्चालनमा आउन अझै आधा दशक लाग्ने भएको छ । काठमाडौं उपत्यकाको विकराल खानेपानीको समस्या समाधान गर्न दुई दशक अघिदेखि निर्माण सुरु भएको उक्त आयोजना पूरा हुन अझै पाँच वर्ष लाग्ने भएको हो ।

दुई वर्ष अघि आएको बाढीले खानेपानीको मुहानमा क्षति पुगेपछि मुहानलाई पाँचसय मिटर माथि सार्नुपर्ने भएकाले निरन्तर पानी पठान्तरणको काममा हुन नसक्ने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

बाढीले पुर्याएको क्षतिले मुहान सार्नु पर्ने र अर्को मुसान बनाउन समयलाग्ने हुँदा यस्तो समस्या आएको समितिको भनाइछ । सुन्दरीजलमा पानी पठान्तरणका लागि अर्को मुहान बनाउन थप आर्थिक भार पर्ने भएको छ । विकास समितिका अनुसार नयाँ मुहान बनाउन करि चार अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

एशियाली विकास बैंकको ऋृृण सहयोगमा २२ बर्ष अघि सुरु भएको मेलम्ची खानेपानी आयोजनाका लागि हालसम्म करिब ६० अर्ब रुपैयाँ खर्च भइसकेको छ । तर अहिले केही समयका लागि अस्थायी रुपमा उपत्यकाभित्र पानी वितरण गर्ने तयारी भईरहेको उक्त समितिले जनाएको छ ।

मेलम्ची खानेपानी आयोजनाको क्षमता दैनिक १७ करोड लिटर रहेको छ । काठमाडौ उपत्यमा हाल दैनिक ४० करोड लिटिर पानीको माग रहेको छ । तर अहिले काठमाडौ उपत्यका खानेपानी लिमिटेडले दैनिक १० करोड लिटर पानी वितरण गर्दै आएको छ । उपत्यकामा बढ्दो जनघनत्व र पानीको उपभोग अत्यधिक बढ्दै जान थालेकोले मेलम्ची खानेपानी आयोजनाले उपलत्यको मागलाई थेग्न सक्ने अवस्था छैन । अहिले पनि उपत्यकाबासीले खानेपानीको चरम समस्या झेल्दै आएको छ ।