फाइल तस्वीर


काठमाडौँ — नेपाली काङग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको तीन वटा भ्रातृ सङ्गठनमा अध्यक्षहरु नियुक्त गर्नुभएको छ । समयमा अधिवेशन नगरेर स्वतः विघटन भएका नेपाल प्रजातन्त्र सेनानी सङ्घ, नेपाल भूतपूर्व सैनिक सङ्घ र राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घको अध्यक्षमा सभापति देउवाले नियुक्त गर्नुभएको हो ।

सभापति देउवाले नेपाल प्रजातन्त्र सेनानी सङ्घको अध्यक्षमा ओखलढुङ्गाका बालकृष्ण दाहाल, नेपाल भूतपूर्व सैनिक सङ्घको अध्यक्षमा कपिलवस्तु मेघराज टण्डन र राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घको अध्यक्षमा तनहुँका प्रकाश पन्थलाई नियुक्त गर्नुभएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी गराउनुभएको छ ।

यी तीन वटै सङ्घहरु काङ्ग्रेसको विधान अनुसार म्याद सकिएका कारण स्वतः विघटन भएका थिए ।