काठमाडौँ — सरकार र गणतन्त्रको विरुद्ध जनविद्रोह शङ्खघोष गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समूह र प्रहरीबीच झडप भएको छ काठमाडौँस्थित बल्खुमा प्रहरी र प्रसाईंको समूहबीच झडप भएको हो ।

प्रसाईंका समर्थकहरुले प्रहरीको घेरा तोडेर कालिमाटीतर्फ आउने प्रयास गर्दा दोहोरो झडप हुन पुगेपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको छ । प्रहरीले आन्दोलनकारीमाथि पानीको फोहरासमेत प्रहार गरेको छ ।

यसअघि सोही स्थानमा एमालेको भातृ सङ्गठन युवा सङ्घ र दुर्गा प्रसाईकों समूहबीच पनि झडप भएको थियो । प्रसाईंको कार्यक्रममा सहभागी हुन राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का सांसद् ज्ञानेन्द्र शाहीसमेत बल्खु पुग्नुभएको थियो ।