फाइल तस्वीर
काठमाडौँ — टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमा आज सुनुवाइ हुन सकेन । न्यायाधीश कुमार चूँडालको एकल इजलासमा आज सोमबारको लागि उक्त मुद्दाको पेसी तोकिएको भए पनि हेर्न नभ्याउने सूचीमा परेपछि सुनुवाइ हुन नसकेको हो ।

न्यायाधीश चूँडाल सम्मिलित अर्को संयुक्त इजलास बसेपछि एकल इजलास नबस्ने भएपछि सुनुवाइ स्थगित हुन पुगेको थियो । अर्को सुनुवाइ कहिले हुने भन्ने बारे तोकिएको छैन ।

सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको विरुद्ध सर्वोच्च अदालतमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित १० जनाले छुट्टाछुट्टै रिट निवेदन दायर गर्नुभएको थियो । सरकारले गत कात्तिक २७ गते सामाजिक सद्भावमा खलल पुगेको उल्लेख गर्दै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियोे । टिकटक प्रतिबन्धको समर्थन र विरोधमा आवाजहरु उठिरहेका छन् ।