फाइल तस्वीर


काठमाडौं — प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले सरकारसँग ड्राइभर र व्यक्तिगत सुरक्षा गार्ड (पीएसओ) को यकिन विवरण मागेको छ । ड्राइभर र पीएसओको सहि ठाउँमा सदुपयो भएको छ या दुरुपयोग भएको छ भन्ने यकिन गर्न समितिले गृहमन्त्रालयसँग उक्त विवरण माग गरेको हो ।

समिति सभापति रामहरि खतिवडाका अनुसार विवरण प्राप्त भएपछि त्यसको प्रयोग÷दुरुपयोगका सम्बन्धमा समितिमा छलफल हुनेछ ।

पीएसओलाई घरयासी काममा लगाउने लगायतका विषयमा पटक पटक प्रश्नहरु उठिरहेकोले यस विषयमा वास्तविकता बुझ्न समितिले विवरण माग गरिएको राज्य व्यवस्था तथा सुशासन समितिका सचिव सुरजकुमार दुराले बताउनुभयो ।

समितिका सचिव दुराका अनुसार यही असोज ७ गते गृहमन्त्रालयाई पत्र पठाएर १५ दिनभित्र ड्राइभर र पीएसओको विवरण उपलब्ध गराउन भनिएको थियो । मन्त्रालयले हालसम्म विवरण उपलब्ध नगराएपछि समितिले पुनः असोज २३ गते पत्र पठाएर ताकेता गरेको छ ।