काठमाडौँ — एमाले सुदूरपश्चिम प्रदेशको अध्यक्षमा चार जनाले अध्यक्षताका लागि उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचन कमिटिका प्रमुख निर्वाचन अधिकृत पदम पालका अनुसार आज भएको उम्मेद्वारी तालिकामा चार जनाले उम्मेदवारी दर्ता गरेका हुन् ।

निवर्तमान प्रदेश कमिटी उपाध्यक्ष कमल तिमिल्सिना, अछामका पूर्व जिविस सभापति एवंम् प्रदेश सचिवालय सदस्य कृष्णप्रसाद जैशी, संविधानसभा सदस्य तथा अछामकै पूर्व अध्यक्ष भरत साउँद र प्रदेश सचिवालय सदस्य वचनबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन् । आज साँझ ५ बजे मतदान हुने निर्वाचन कमिटीले जनाएको छ ।
आइतबारदेखि सुरू भएको प्रथम अधिवेशनमा नेताहरूको नेतृत्व चयनका लागि सहमतिको प्रयास असफल भएपछि प्रतिस्पर्धा गर्न लागिएको हो ।