फाइल तस्वीरः गृह मन्त्रालय ।


काठमाडौँ — गृहमन्त्रालयले आफ्नो मातहतका केही सह–सचिवहरुको सरुवा गरेको छ । मन्त्रालयले दश जना सहसचिवहरुको सरुवा गरी जिम्मेवारी हेरफेर गरेको हो ।

मन्त्रालयले सरुवा गरेका सहसचिवहरुमध्ये रुद्रसिंह तामाङलाई अध्यागमन विभागको महानिर्देशकमा पठाएको छ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सहसचिव रामबन्धु सुवेदीसरुलाई सरुवा गरी दाङ जिल्लाको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरेको छ ।

यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको प्रमुख अध्यागमन अधिकृतमा दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललाई सरुवा गरिएको भने मन्त्रालयका सहसचिव शिवराम गेलाललाई महोत्तरी जिल्लाको प्रमुख जिल्ला अधिकारी बनाइएको छ भने महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

यता रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई मन्त्रालयअन्तर्गत सरुवा गरी उहाँको स्थानमा सहसचिव गणेश अर्याललाई पठाइएको छ ।

बागलुङ प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठलाई भक्तपुरमा सरुवा गरिएको छ भने भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।