प्रतिकात्मक तस्वीर

काठमाडौँ — सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले शिव कुमार सरापलाई पक्राउ गरेको हो ।

उनलाई सुन ओसारपसारमा भूमिका खेलेको आरोपमा पक्राउ गरिएको हो । उनीसमेत सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या २७ जना पुगेको छ । राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउन ३ मा बरामद गरेको सुनको तस्करी गरेको आरोपमा हालसम्म पक्राउ पर्नेको सङ्ख्या २७ पुगेको छ ।