फाइल तस्वीर
काठमाडौँ — पूर्वउपप्रधानमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सामाजिक सद्भाव विथोल्ने अभिव्यक्तिप्रति सचेत रहन आग्रह गर्नुभएको छ । पार्टीको टोखा नगरपालिकामा आयोजित भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले सामाजिक सद्भाव विथोल्ने अभिव्यक्तिप्रति सचेत रहन आग्रह गर्नुभएको हो ।

प्रतिनिधिसभा सदस्य समेत रहनुभएका नेता लामिछानेले आज जातजाति र समुदायसित होइन बल्की बेथिति र भ्रष्टचारविरुद्ध लड्नपर्ने बताउनुभयो । भेलालाई सम्बोधन गर्दै लामिछानेले भन्नुभयो — “जातीय र धार्मिक समुदायबीच द्वन्द्व बढाउने र समाजको सद्भाव खलबल्याउने अभिव्यक्तिप्रति सचेत बन्न सबैलाई आग्रह गर्दछु । हाम्रो दुश्मनी गरिबी, अशिक्षा र बेरोजगारीसित हो ।”

कानुनले बर्जित गरेको गतिविधि नगर्न सुझाव दिँदै अध्यक्ष लामिछानेले फरकफरक समुदायको आस्थामा आँच आउने काम गर्न नहुनेमा जोड दिनुभयो ।

रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले सात महिनाको संसदीय अभ्यास पार्टीका लागि उत्कृष्ट भएको बताउनुभयो । सांसद शिशिर खनालले आउने चुनौतीविरुद्ध सबै रास्वपाका सबै सदस्य एकजुट हुनुपर्ने बताउनुभयो ।