फाइल तस्वीर
काठमाडौँ — साताको दोस्रो दिन आज धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घटेको छ । नेप्से परिसूचक १२ दशमलव ९३ अङ्कले ओरालो लागेर एक हजार नौ सय ९८ दशमलव २८ मा सीमित भएको हो ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक एक दशमलव ५० अङ्कले ओरालो लागेर तीन सय ८२ दशमलव ६२ मा सीमित भएको छ । कूल ४१ लाख ६३ हजार आठ सय ७२ कित्ता शेयर रु एक अर्ब ४० करोड ८९ लाख ८१ हजार छ सय एक मूल्यमा कारोबार भएको छ ।

कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको आठ करोड दुई लाख ४७ हजार दुई सय ३४ रुपैयाँ मूल्यमा कारोबार भयो । यस्तै, आइएमई लाइफ इन्स्योरेन्स पाँच करोड ८३ लाख ७७ हजार दुई सय ८८ रुपैयाँ, सोल्टी होटल पाँच करोड ७८ लाख ६१ हजार नौ सय ५० रुपैयाँ, घोराही सिमेन्ट पाँच करोड छ लाख १२ हजार चार सय ६१ रुपैयाँ र हिमालयन डिस्टिलरी चार करोड ४२ लाख ३५ हजार दुई सय तीन रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार, लक्ष्मी लघुवित्त र कुर्थली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सामलिङ पावर कम्पनी पाँच दशमलव १८,सुपर मादी हाइड्रोपावर तीन दशमलब ८२ र सयपत्री हाइड्रोपावरका लगानीकर्ताले दुई दशमलव ९० प्रतिशतले कमाएका छन् ।

यस्तै, मेछ्यान हाइड्रोपावर सात दशमलव ९९, हिमालयन पावर पार्टनर पाँच दशमलव ७७, कृषि विकास बैंकको ऋणपत्र पाँच दशमलव ५९, भूगोल इनर्जी पाँच दशमलव १६ र बलेफी हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलब शुन्य चार प्रतिशतले गुमाएका छन् ।