साङ्केतिक तस्वीर
काठमाडौँ — हिजो शनिबार साँझमात्रै प्रहरीले रसुवाबाट चेस्ट गार्डभित्र लुकाएर ल्याएको दुई किलो सुन बरामद गरेको छ । नियमित चेकजाँचका क्रममा प्रहरीले चेस्ट गार्डभित्र लुकाएर ल्याएको दुई किलो सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको हो ।

विभिन्न नाकाबाट केही समयदेखि सुन तस्करी भैरहेको घटना सार्वजनिक भएकाले नेपाल सुन तस्करीको हव बनिरहेको आभास हुन थालेको छ । भन्सार र सुरक्षा निकायसँग कुरा नमिलेपछि सुन पक्रिने गरेको बताइन्छ ।

चेकिङका क्रममा शङ्का लागेर चेक गर्दा चेस्ट गार्डभित्र लुकाएर ल्याएको सुन भेटिएको प्रहरीले जनाएको छ । सुन लिएर टिमुरेबाट स्याफ्रुवेशी गइरहेका २४ वर्षीया सुदीप शेर्पालाई सङ्कालागि खानतलासी गर्दा प्रहरीले उक्त परिमाणको सुन सहित सुदीप शेर्पालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उक्त सुन टिमुरीका फुर्साङ्बु शेर्पाले दिएको पाइएपछि फुर्साङ्बु शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएकोे छ ।

बरामद सुन काठमाडौं लैजान लगिएको खुलेको छ । सुन परीक्षण गरेर थप अनुसन्धान र कारवाहीका लागि राजश्व अनुसन्धान विभाग, ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।