फाइल तस्वीर

काठमाडौँ — कक्षा १२ को परीक्षाफल प्रकाशनका लागि राष्ट्रिय परीक्षा बोर्डको बैठक सुरु भएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार गत वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षाको नतिजा बैठकले निर्णय गरेपछि सार्वजनिक गरिने भएको हो ।

नतिजा सार्वजनिक गर्ने बिषयमा छलफल गर्नका लागि बोर्डको बैठक ४ः३० बजेबाट जारी रहेको छ । परीक्षाफल प्रकाशन भएपछि नतिजा हेर्नका लागि बोर्डको आफ्नै वेबसाइड र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने व्यवस्था गरेको छ ।
बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट https://www.neb.gov.np/ र नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.net.np मा गएर हेर्न सकिन्छ । त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ । त्यसका लागि लभद लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नं मा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने छ ।