फाइल तस्वीर

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशनको अन्तिम चरणमा पुगेको बताएको छ । बोर्डले नतिजासम्बन्धी सम्पूर्ण काम सकिएकोले प्राविधिक टिमसँग छलफल गरेर नतिजा प्रकाशनबारे निर्णय गरिने बताएको हो ।

बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले टेक्निकल काम मात्र बाँकि रहेकोले चाँडै छलफल गरेर आगामी शुक्रबारसम्म नतिजा प्रकाशन गर्ने बताउनुभयो । गत वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म भएको कक्षा १२ को परीक्षामा ४ लाख ६७ हजार ३ सय ८९ जना परीक्षार्थी सहभागि भएका थिए ।