फाइल तस्वीर
काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट कम्पनीलाई रोयल्टी वापतको रकम बुझाउन निर्देशन दिएको छ । विभिन्न १६ वटा कम्पनीहरुलाई तत्काल रोयल्टी वापतको रकम बुझाउन प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

प्राधिकरणले आज बिहीबार एक सूचना जारी गर्दै अनुमति प्राप्त गरेका बाराही इन्टरनेट टेक्नोलोजी, विज मस्र्याङदी नेट, कण्डकी कम्युनिकेशनलगायत विभिन्न १६ वटा कम्पनीलाई रोयल्टी बुझाउन भनेको छ ।

दूर सञ्चार सेवा सञ्चालन गरे बापत आर्जन गरेको कुल आम्दानीको ४ प्रतिशत र ग्रामीण दूर सञ्चार विकास कोष बापतको २ प्रतिशत गरी ६ प्रतिशत रोयल्टी रकम तत्काल बुझाउन निर्देशन दिएको हो । ति इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले तत्काल राजश्व दाखिला नगरे हदैसम्मको कारबाही गर्ने चेतावनी समेत दिएको छ ।