फाइल फोटो

काठमाडौँ — सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ जना उपसचिव र ११ जना शाखा अधिकृतहरूको सरुवा गरेको छ । काठमाडौँमा लामो समयदेखि बस्दै आएका ती कर्मचारीहरूलाई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको हो ।

यो सरुवासँगै निमित्तका भरमा चल्दै आएका मधेश प्रदेशका सबै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाएको मन्त्री अमनलाल मोदीले बताउनुभएको छ ।