मकवानपुर —मकवानपुरमा सर्पको डसाइबाट एक बालिकाको मृत्यु भएको छ । सर्पले डस्दा मकवानपुरको बकैया–७ अधेरीकी १२ वर्षीया करिश्मा लोको मृत्यु भएको हो ।

प्रहरीका अनुसार उनलाई बुधबार दिउँसो आफ्नै घरमा बसिरहेका बेला सर्पले टोकेको हो । सर्पको विषले गम्भीर बिरामी परेकी उनको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस