फाइल तस्वीर: कानुन व्यवसायी भगवती पाण्डे ।


काठमाडौँ — एक टेलिभिजन अन्तर्वार्तामा विवादास्पद अभिव्यक्त दिनुभएकी कानुन व्यवसायी भगवती पाण्डे ‘शीतल’ लाई प्रहरीले पक्राउ गरेको छ । कानुन व्यवसायी पाण्डेलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको हो ।

गत शुक्रबार जिल्ला अदालत काठमाडौँले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । एक टेलिभिजनलाई अन्तर्वार्ता दिनेक्रममा कानुन व्यवसायी पाण्डेले मुस्लिम, मगर र तामाङ समुदायमा दाजु बहिनिबीच विवाह हुने अभिव्यक्ति दिएपछि कानुन व्यवसायी पाण्डेविरुद्ध नेपाल तामाङ घेदुङको तर्फबाट कुमारसिंह घिसिङ र नेपाल मगर सङ्घका ज्ञानेन्द्र पुनले जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएका थिए ।

कानून व्यवसायी भगवती पाण्डे ‘शीतल’विरुद्ध शुक्रबार जिल्ला अदालत काठमाडौँले पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएसँगै प्रहरीले भगवती पाण्डेको खोजी गर्दै आएको थियो । भगवती पाण्डेविरुद्ध जातीय भेदभाव तथा छुवाछुत गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।