काठमाडौँ — काठमाडौंको न्यूरोडमा आठ तलाबाट हाम फालेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार ५५ वर्षीय संजय गुप्ताले आफ्नै घरको आठौं तलाबाट हामफालेका हुन् ।

न्यूरोड मासागल्लीस्थित आफ्नै घरको छतबाट हामफालेका गुप्तालाई उपचारका लागि लाँदै गर्दा मुत्यु भएको प्रहरीले जनाएको छ ।

न्यूरोडमा रहेको उक्त घरको माथिल्लो तलामा आफू बस्दै आएका थिए भने बाँकी तला व्यापारीक प्रयोजनका लागि भाडामा लगाइएको थियो । गुप्ताको परिवार भने बालुवाटारमा रहेको अर्को घरमा बस्दै आएका थिए ।

मङ्गलबार दिउँसो साढे १ बजे उनले हामफालेका थिए । हामफाल्नु अघि उनी उक्त घरमा निकैबेर तलमाथि गरिरहेका अनुसन्धानमा संलग्न एक प्रहरीले जानकारी दिएका छन् । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।