फाइल तस्वीर
भरतपुर—नेपाली काङग्रेस अझ बलियो भएको छ/नेता महरका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको केन्द्रीय समितिको बैठकपछि पार्टी झन् बलियो बनेको बताउनुभएको छ ।
आज चितवनको नारायणगढमा आयोजित पत्रकार सम्मेलनमा महरले केन्द्रीय समितिको बैठकले पार्टी र सरकार दुवैलाई सशक्त रुपमा अगाडि बढ्न सहयोग पुगेको बताउनुभयो ।
उहाँले पार्टीले जनताका मुद्दामा सरकारलाई निर्देशन गर्ने र भ्रष्टाचारविरुद्धको अभियानमा एकताबद्ध भएर भएर लाग्न अनुरोधसमेत गरेको बताउनुभयो । “गठबन्धनको सबैभन्दा ठूलो दलले आफ्ना नेता भ्रष्टाचारमा मुछिँदा सरकारबाट बाहिरिन पनि सक्थ्यो तर हामीले हरेक भ्रष्टाचारका मुद्दामा छानबिनका लागि सहयोग गर्ने उद्देश्यले त्यसो गरेनौँ”, उहाँले भन्नुभयो ।
उहाँले वर्तमान अवस्थामा काङग्रेस अझ बलियो भएको छ/नेता महरको धरातल कमजोर नभएको बताउनुभयो । उहाँले पार्टी र जनप्रतिनिधिको समन्वयमा काम हुनुपर्ने भन्दै त्यसका लागि पार्टीले देशभर निर्देशन गरिसकेको समेत स्पष्ट पार्नुभयो ।
नेता महरले भ्रष्टाचारका मुद्दामा पार्टीले कसैको पक्षपोषण नगर्ने भन्दै निष्पक्ष छानबिनका लागि सहयोग गर्ने बताउनुभयो ।