फाइल तस्वीरः राष्ट्रपति रामचन्द्र पौडेल ।
काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ प्रमाणीकरण गर्नुभएको छ । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० प्रमाणीकरण गर्नुभएको हो ।

सङ्घीय संसद् अन्तर्गत रहेका प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पास भई प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइएको उक्त विधेयकलाई आज शुक्रबार राष्ट्रपति पौडेलले प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण गरेपछि कानुनको रुप लिएको छ ।

असार ५ गते दर्ता भएको उक्त विधेयक असार ३१ गते प्रतिनिधिसभाले संशोधन सहित पारित गरेको थियो । उक्त विधेयकलाई साउन १० गते बसेको राष्ट्रियसभाको बैठकले सर्वसम्मत रुपमा स्वीकार गरेको थियो ।