प्रतिकात्मक तस्वीर

काठमाडौं — जबरजस्ती करणीको आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इञ्जिनियर हरिकुमार पोखरेल पक्राउ परेका छन् । जबरजस्ती करणीको आरोप लागेपछि उनलाई प्रहरीले त्रिपुरेश्वरबाट पक्राउ गरेको हो । बलात्कार आरोप लागेपछि पोखरेल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयबाटै सम्पर्कविहीन भएका थिए ।

पोखरेलमाथि आफ्नो घरमा काम गर्ने एक किशोरीलाई बलात्कार गरेको आरोप लागेको बताइएको छ ।