काठमाडौं — शिक्षक सेवा आयोगले निम्न माध्यमिक विद्यालय तह (निमावि)को अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन आह्वान गरेको छ । लाइसेन्सका लागि कक्षा १२ उत्तीर्ण गरेका नेपाली नागरिकले दरखास्त दिन सक्ने छन् । आयोगका अनुसार योग्यता पुगेका इच्छुक व्यक्तिले आजदेखि आवेदन दिन सक्नेछन् ।

आयोगका अनुसार ११ भदौसम्म तोकिएको दस्तुर तिरेर दरखास्त दिन सकिने र दोब्बर दस्तुर तिरेर १८ भदौसम्म अनलाईनमार्फत आवेदन दिन सकिनेछ। आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणाली जततउकः÷÷ष्अिभलकभ.तकअ.नयख.लउ मार्फत अनलाइन दरखास्त पेस गर्न सकिने छ ।

आयोगले विज्ञापनको विस्तृत विवरण आयोगको वेबसाइट www.tsc.gov.np प्राप्त गर्न र हेर्न सक्ने जनाएको छ ।

May be an image of text