तस्वीरः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना ।
काठमाडौं — इटली भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा सहभागी हुन पुग्नुभएका दुवै देशका समकक्षीबीच साइडलाइनमा भेटवार्ता भएको हो ।

प्रधानमन्त्रीको सचिवालय अनुसार भेटवार्तामा दुई देशको सम्बन्ध र आपसी सहकार्यको विषयमा छलफल भएको थियो । सोही अवसरमा प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्नुभएको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले हिजो सोमबार नै सात देशमा रहेका नेपाली प्रतिनिधिहरूलाई भेटेका थिए । प्रधानमन्त्री प्रचण्डले नेपाली जनप्रगतिशील मञ्च इटाली, बेल्जियम, स्पेन, क्रोएसिया, पोर्चुगल, अस्ट्रिया र आयरल्याण्डका प्रतिनिधिहरूसँग भेट गनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

हिजो सोमबार प्रधानमन्त्री प्रचण्डले अतिकम विकसित राष्ट्रहरूको समूह (एलडीसी) को अध्यक्षको हैसियतले सम्मलेनलाई सम्बोधन गर्नुभएको थियो । संयुक्त राष्ट्र सङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा सहभागी हुन शनिबार इटाली जानुभएको थियो ।