तस्वीरः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।


काठमाडौं — इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ र नेपालको दुई दिने भ्रमणमा आउनुभएका चिनियाँ नेता युआन जियाजुनबीच भर्चुअल संवाद भएको छ । प्रधानमन्त्री प्रचण्ड र चिनियाँ नेता जियाजुनबीच भएको भर्चुअल संवादका क्रममा प्रधानमन्त्रीले जियाजुनलाई नेपाल भ्रमणमा न्यानो स्वागत रहेको बताउनुभयो ।

चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलको नेतृत्व गरेर नेपाल भ्रमणमा रहेका युआन जियाजुन र प्रधानमन्त्री प्रचण्डबीच दुई देशको आपसी हितका विषयमा छलफल भएको बताइएको छ । प्रधानमन्त्री प्रचण्ड र चिनियाँ नेता जियाजुनबीच आज अपराह्न ४ बजे भर्चुअल माध्यमबाट छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।