फाइल तस्वीरः पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल ।


काठमाडौं — पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले हिजो मङ्गलबार भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनाप्रति दुःख व्यक्त गर्दै दिवङ्गत हुनुहुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली तथा परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ । अध्यक्ष नेपालद्वारा जारी विज्ञप्तिमा उक्त दुर्घटनाले आफूलाई स्तब्ध बनाएको उल्लेख गर्नुहुँदै दुःख व्यक्त गर्नुभएको हो ।

सोलुखुम्बुबाट काठमाडौंका लागि हिजो बिहान १०: ५ बजे उडेको मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका–५ लामजुरामा उडेको केही मिनेट पछि पहाडको रुखमा ठोकिएर दुर्घटनामा परेको थियो । उक्त हेलिकोप्टरमा चालक क्याप्टेन चेतबहादुर गुरुङ र विदेशी पर्यटक म्याक्सिकन पाँच जना नागरिकको ज्यान गएको थियो । मृत्युहुने सबै म्याक्सिन नागरिकहरु एकै परिवारको रहेका हुन् ।