फाइल तस्वीर
काठमाडौं — ललिता निवास जग्गा प्रकरणमा मुछिएका दुई जनालाई सीआईबीले आज मङ्गलबार पक्राउ गरेको छ । प्रहरीले तत्कालीन मालपोत कार्यालयका नायव सुब्बा योगराज पौडेल र खरिदार नारायणदास मिश्रलाई पक्राउ गरेको हो ।

उनीहरू दुर्वजनालाई काठमाडौंबाट पक्राउ गरिएको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी गराउनुभएको हो । उनीहरुसहित अहिलेसम्म उक्त प्रकरणमा १४ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । सीआईबीले ललिता निवास जग्गा प्रकरणको अनुसन्धानलाई तिव्रता दिंदै आएको छ । यस प्रकरणले धेरै जनाको संलग्नता रहेको सीआईबीले जनाएको छ ।